१० अर्ब मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक

Monday, 20 April 2026, 03 : 40
Font Size: 20px

नेपाल राष्ट्र बैंक ले आफ्नो उपदान तथा पेन्सन कोष अन्तर्गत रहेको रकम मुद्दती निक्षेपका रूपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूबाट ब्याजदर प्रस्ताव आह्वान गरेको छ।

केन्द्रीय बैंकले कुल रु. १० अर्ब रकम ३६६ दिनका लागि (इ.सं. २०२६ अप्रिल २८ देखि २०२७ अप्रिल २८ सम्म) मुद्दती निक्षेपमा राख्ने योजना बनाएको छ। यसका लागि इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको फारम भरी  प्रस्ताव पेश गर्नुपर्नेछ। 

प्रस्तावअनुसार “क” वर्गका वाणिज्य बैंकका लागि: रु. ८ अर्ब “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकका लागि: रु. १.५ अर्ब“ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि: रु. ५० करोड छुट्ट्याएको छ । 


बैंक तथा वित्तीय संस्था कम्तीमा दुई वर्ष सञ्चालनमा आएको हुनुपर्नेछ तथा न्यूनतम पूँजीकोष (buffer सहित) कायम गरिएको हुनुर्नेछ। साथै, निष्कृय कर्जा (NPL) ८ प्रतिशतभन्दा बढी र खुद निष्कृय कर्जा (Net NPL) ३ प्रतिशतभन्दा बढी नहुने व्यवस्था लागू हुन्छ। आवश्यक तरलता अनुपात तथा कर्जा–निक्षेप अनुपात पनि तोकिएको सीमाभित्र रहनुपर्नेछ। सम्बन्धित संस्थाले पछिल्लो आर्थिक वर्षमा नाफा आर्जन गरेको हुनुपर्ने तथा यदि सुधारात्मक कारबाहीमा परेको भए कम्तीमा ६ महिना अघि फुकुवा भएको हुनुपर्नेछ। साथै, संस्था समस्याग्रस्त घोषणा नभएको हुनुपर्छ, वा भएको अवस्थामा पनि कम्तीमा ६ महिना अघि फुकुवा भइसकेको हुनुपर्नेछ, र सर्वसाधारणमा शेयर जारी गरिएको हुनुपर्नेछ।

यस कोषको रकम लगानी सम्बन्धी सम्पूर्ण निर्णय नेपाल राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिको अन्तिम निर्णयअनुसार हुने व्यवस्था गरिएको छ।

18 घण्टा अगाडि

प्रतिक्रिया 0