एशियाली विकास बैंक (एडीबीले) सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । एडीबीले एशियन डेभलपमेण्ट आउटलुक मार्फत आगामी वर्षको प्रक्षेपण सार्वजनिक गरिएको हो ।
दुई दिनअघि विश्व बैंकले नेपालका लागि आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । एडीबीले त्यो भन्दा केही बढाएर प्रक्षेपण गरेको छ । नेपालका लागि एशियाली विकास बैंकका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले गत वर्षको नागरिक अशान्ति लगायत राजनीतिक अनिश्चितता एवं मध्यपूर्वमा जारी द्वन्द्वको प्रतिकूलताबीच आर्थिक वर्ष २०२६ मा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा शिथिल रहने बताएका छन् ।
No advertisements available
प्रतिक्रिया 0