सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला ३ लाख ८ सय रुपैयाँ कायम

Sunday, 07 June 2026, 05 : 33
Font Size: 20px
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार २०० रुपैयाँले घटेर ३ लाख ८ सय रुपैयाँ कायम भएको छ।

    यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा लगातार उच्च विन्दुमा पुगेको सुनको मूल्यमा आएको यो गिरावटलाई बजारमा महत्वपूर्ण करेक्सनका रूपमा हेरिएको छ।

  • सुनसँगै आज चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३३५ रुपैयाँले घटेको छ। यससँगै नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
  • 5 दिन अगाडि

    प्रतिक्रिया 0