काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा मूल्य वृद्धिदरलाई ६ प्रतिशतभित्र सीमित राख्दै ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक स्थायित्व, उत्पादन वृद्धि र लगानी विस्तारमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने योजना सार्वजनिक गर्नुभएको हो।
सरकारले कृषि, ऊर्जा, पर्यटन, उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना र निजी क्षेत्रको मनोबल बढाउने रणनीति लिएको जनाएको छ। साथै, पूँजीगत खर्च प्रभावकारी बनाउने, विदेशी लगानी आकर्षित गर्ने तथा निर्यात प्रवर्द्धनमार्फत आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ।
मूल्यवृद्धि नियन्त्रणका लागि आपूर्ति व्यवस्थालाई सहज बनाउने, उत्पादन लागत घटाउने तथा बजार अनुगमनलाई प्रभावकारी बनाइने सरकारको भनाइ छ। विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताबीच पनि नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गर्ने दाबी बजेटमार्फत गरिएको छ।
No advertisements available
प्रतिक्रिया 0